दफा ६७५
काम लगाउने व्यक्तिले दायित्व व्यहोर्नु पर्नेः

(१) आफूले काममा लगाएको घरेलु सहायक, अन्य कामदार वा कर्मचारीले त्यस्तो कामको सिलसिलामा असल नियतले गरेको कुनैकार्यबाट कसैलाई हानि, नोक्सानी भएमा त्यसरी काममा लगाउने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यसको दायित्वव्यर्होनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कामदार वा कर्मचारीको हेलचेक्र्याइँ वा वदनियतले गरेको काम वापतकोदायित्व त्यस्तो कामदार वा कर्मचारीले व्यर्होनु पर्नेछ ।